सरकारले वैशाख १८ गते पर्ने सार्वजनिक बिदाका दिन पनि देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाका कारण बिरामीहरूलाई उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार लगातार तीन दिन सार्वजनिक बिदा परेकाले ओपीडी सेवा प्रभावित हुन सक्ने भएकाले यो व्यवस्था गरिएको हो । यस निर्णयले बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा लिन मद्दत पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।