बितेको २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने १,७२० चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु ८ लाख ५८ हजार राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १३६ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२४ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १७५ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने २०६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९२ जना, निर्धारित स्थानबाहिर यात्रु चढाउने–ओराल्ने २० जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,८१० जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै उल्लङ्घनकर्तामाथि कारबाहीलाई निरन्तरता दिने जनाएको छ।