सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनले बैठकबाट चार मुख्य निर्णय गरिएको बताए । सरकारका अनुसार भारतसँग जी–टु–जी (Government to Government) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।
त्यस्तै, परम्परागत पोल्ट्रोलाई इलेक्ट्रोनिक पोल्ट्री प्रणालीले प्रतिस्थापन गर्ने, उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।
साथै, संसद् भवन प्रवेश लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गरिएको छ । त्यसैगरी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।