सरकारले १० हजार सामुदायिक विद्यालयमा एआईमा आधारित सिकाइ प्रणाली लागू गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयको सिकाइलाई परिमार्जन गरिने बताएका हुन् ।
‘१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृतिम कुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ ।’ नीति तथा कार्यक्रमको वाचन गर्दै राष्ट्रपति पौडेलले भने ।
त्यस्तै उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको शासकीय पुनर्संरचना गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।