सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको मूल्य तोलामा ३ सय ५५ रुपैयाँले वृद्धि भई ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ ५ हजार ३ सय ४० रुपैयाँ तोलामा थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागका कारण मूल्यमा वृद्धि भएको हो ।