नेपाली बजारमा आज (आइतबार) सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा तिहारपछि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो समय सुनचाँदी दुवैको मूल्यमा आएको गिरावटले बजारमा मूल्य घट्ने क्रम जारी रहेको देखिएको छ ।