बजारमा बिक्री भइरहेको Dabur Nepal को डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको पाइएको हो ।
विभागका अनुसार ब्याच नम्बर ‘NB00477’ रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो ।
विभागले जारी गरेको सूचनामा उक्त उत्पादनको उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने यसको उपभोग अवधि १८ महिना रहेको जनाइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री–वितरण नगर्न तथा नगराउनसमेत विभागले निर्देशन दिएको छ ।
उक्त मह उत्पादन गर्ने कम्पनी Dabur Nepal Pvt. Ltd. रहेको विभागले जनाएको छ ।