काठमाडौँ । सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले विज्ञप्तिमार्फत जेठ १४ गते बिहीवार सार्वजनिक बिदा रहने जानकारी दिनुभएको हो ।
सरकारले यसअघि फागुन १८ गते राजपत्रमार्फत बकर ईदमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । मुस्लिम आयोगले जेठ १४ गते ईद परेको जानकारी गराएपछि सोहीअनुसार बिदा लागू गरिएको जनाइएको छ ।
जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा, त्यसपछि शनिवार र आइतवार साप्ताहिक बिदा परेकाले जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।