मठमन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय जनक परियार रहेका छन् ।
केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा परियारले धार्मिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यस विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका थिए ।
उनको अभिव्यक्तिले धार्मिक सद्भावमा असर पुर्याएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार परियारमाथि थप अनुसन्धान भइरहेको छ ।