अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्ने बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेका हुन् ।
अर्थमन्त्री वाग्लेले “नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं” भन्दै आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई तीव्र रूपमा अघि बढाइने बताए ।