नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार उनलाई निमोनिया देखिएको छ ।
स्वास्थ्यमा समस्या भएका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी हुन सकेका थिएनन् ।