नेपाल प्रहरीले ३२० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदका लागि आवेदन आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले उक्त पदहरूको लागि दरखास्त खुला गरेको हो । प्रहरीले समावेशी आधारमा कुल ३२० पदका लागि आवेदन मागेको छ । यस अन्तर्गत ६४ जना प्रहरी निरीक्षक र २५६ जना सहायक निरीक्षक पदका लागि दरखास्त माग गरिएको छ।
इच्छुक उम्मेदवारले तोकिएको मापदण्ड पूरा गरी निर्धारित समयसीमाभित्र आवेदन दिनुपर्नेछ । प्रहरीको विज्ञापनमा विभिन्न वर्ग र क्षेत्रलाई समेट्ने गरी दरखास्त मागिएको छ ।
