पदम रोड र हुलाकी राजमार्गकाे तिलावे पुल नजिकै सडक भासियो, सम्बन्धित निकाय बेखबर भएको स्थानीयले आरोप लगाएका छन् ।
वीरगंज महानगरपालिकाको तिलावे पुल नजिकै सडक भासिएको छ त्यस्तै पर्सा जिल्लाको पोखरिया नगरपालिका–९, गर्दौलदेखि पश्चिम पदम रोडमा रहेको कल्भर्ट नजिकै सडक भासिएको छ, तर सम्बन्धित निकायको ध्यानाकर्षण अझै भएको छैन ।
हुलाकी राजमार्ग, पदम रोडजस्तो भीडभाडपूर्ण सडकमा खाल्डो महिना दिन बितिसक्दा पनि सम्बन्धित निकाय बेखबर रहनु दुर्भाग्यपूर्ण रहेको स्थानीयवासीले बताएका छन् ।
सडक किनार तथा बिच भाग भासिएको हुँदा यातायातमा समस्या उत्पन्न भएको स्थानीय बताउँछन् । समयमा सडक मर्मत नहुँदा कुनै दुर्घटना भएमा यसको जिम्मेवारी कसले लिने स्थानीय नेता निजामुद्दिन समानीले प्रश्न गरेका छन् ।
स्थानियवासीहरूले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक मर्मतका लागि अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार