सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा बैठक बसेको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी छ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट अध्यक्ष/सभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको थियो । तर, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपाले पार्टी प्रमुखलाई नपठाएको जनाइएको छ ।
यद्यपि राजेन्द्र लिङ्देन बैठकमा सहभागी भएका छन् । उता श्रम संस्कृति पार्टी ले भने बैठक बहिष्कार गरेको छ । पार्टीका नेता हर्क साम्पाङ राई नेतृत्वको उक्त दलले बैठकमा सहभागी नभएको जनाएको छ ।