राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा लगायत उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।