नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले वि.सं. २०५८ साल जेठ १९ गते भएको नेपाल राजदरबार हत्याकाण्ड को थप छानबिन गर्ने निर्णय गरेका छन् ।
आज सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेलगत्तै गृहमन्त्री गुरुङले राजदरबार हत्याकाण्डबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।
गृहमन्त्री गुरुङका अनुसार यसअघि तयार पारिएका विभिन्न अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरिनेछ । ती प्रतिवेदनको आधारमा घटनासम्बन्धी थप छानबिनको कार्यलाई तीव्रता दिइने उनले बताए । वि.सं. २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको घटनामा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
उक्त घटनालाई नेपालको इतिहासकै चर्चित र रहस्यमय घटनामध्ये एक मानिन्छ ।,