सरकारले हड्ताल गर्न नपाइने २५ वटा अत्यावश्यक सेवाको सूची राजपत्रमा प्रकाशित गरेको छ ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३(१) बमोजिम गृह मन्त्रालयले अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गरेको हो ।
गृह सचिव राजकुमार श्रेष्ठका अनुसार अत्यावश्यक सेवाको सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले उक्त सूचना जारी गरिएको हो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार हड्ताल निषेध गरिएका २५ वटा सेवा यसप्रकार छन्:–
- डाँक, तार तथा टेलिफोन सेवा
- जल, स्थल तथा हवाई यातायात सेवा
- हवाई अड्डा तथा हवाईजहाज सञ्चालन, मर्मत र व्यवस्थापन सेवा
- हवाई ग्राउण्ड, रेल्वे स्टेशन तथा सरकारी गोदाममा मालसामान ओसारपसारसम्बन्धी सेवा
- सरकारी छापाखाना तथा मुद्रण सेवा
- रक्षा व्यवस्थासँग सम्बन्धित हातहतियार तथा सैनिक सामग्री उत्पादन, भण्डारण र वितरण सेवा
- सञ्चार सेवा
- आन्तरिक सुरक्षा सेवा
- खानेपानी सञ्चालन तथा वितरण सेवा
- होटल, मोटेल, रेस्टुराँ तथा रिसोर्ट सेवा
- पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) आयात, ढुवानी, भण्डारण तथा वितरण सेवा
- अस्पताल, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्स सेवा
- औषधि उत्पादन तथा बिक्री–वितरण सेवा
- फोहोरमैला संकलन, ढुवानी, प्रशोधन तथा व्यवस्थापन सेवा
- बैंकिङ सेवा
- बिमा सेवा
- विद्युत् सेवा
- दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल, चामल, नुन, तेल आदि) को आयात, ढुवानी, भण्डारण तथा वितरण सेवा
- मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
- मास्कसम्बन्धी सेवा
- ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा
- भेटेरिनरी सेवा
- कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
- राहदानी विभागबाट प्रदान हुने सेवा
- इन्टरनेट सेवा