काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने सन्देश दिएका छन् ।
कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमा ‘प्रधानमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री’ लेख्दै तस्बिर सार्वजनिक गरेका हुन् ।
तस्बिरमा प्रधानमन्त्री शाहको दायाँतर्फ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र बायाँतर्फ हालै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ देखिएका छन् ।
प्रधानमन्त्री शाहले छोटो तथा अर्थपूर्ण सन्देशसहित सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने गरेका छन् । यसअघि पनि उनले आफूलाई मनपर्ने देश विश्वकपमा नखेलेको उल्लेख गर्दै एक सन्देश सार्वजनिक गरेका थिए ।
उनको पछिल्लो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेका छन् । तस्बिरमा रुचाउने र प्रतिक्रिया जनाउनेको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ ।
