प्रतिनिधिसभा बैठकको आजको छलफल सुरु भएको छ । कार्यसूचीअनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।