शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर इन्धन चोरी
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर इन्धन चोरी
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार १०, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्दै आएको एक पेट्रोल ट्याङ्कर पार्किङस्थलबाट हराएपछि सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । घटनामा ट्याङ्करबाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ ।

इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते विराटनगरको कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते बिहान रहस्यमय रूपमा गायब भएको थियो । नविन ढुवानी सेवा प्रालिको स्वामित्वमा रहेको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले नेपाल आयल निगमलाई लिखित रूपमा गराएका थिए । 

ट्याङ्कर हराएको जानकारी प्राप्त हुनासाथ निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै सीसीटीभी फुटेजको अध्ययन गरेको थियो । फुटेजमा ट्याङ्कर असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा पार्किङस्थलबाट बाहिरिएको र नोबेल शिक्षण अस्पतालतर्फ मोडिएको देखिएको थियो ।

त्यसपछि निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताको टोलीले संयुक्त रूपमा खोजी अभियान तीव्र पारेको थियो । खोजीका क्रममा विराटनगर डिपोबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो । ट्याङ्करको ताला काटिएको अवस्थामा भेटिएपछि इन्धन चोरी भएको आशंका गरिएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी तथा ढुवानी कम्पनीका प्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी ट्याङ्कर नियन्त्रणमा लिइएको थियो । त्यसपछि थप अनुसन्धानका लागि आवश्यक कागजात सुनसरी प्रहरीले मोरङ प्रहरीलाई बुझाएको थियो। ट्याङ्करलाई निगमको पार्किङमा ल्याई सिलबन्दी गरेर राखिएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा ट्याङ्करको सिल खोलेर इन्धनको गुणस्तर तथा परिमाण परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पेट्रोलको गुणस्तर सामान्य अवस्थामा रहेको पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ ।

ट्याङ्करमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारण केन्द्रमा सुरक्षित रूपमा खाली गरिएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको कोशी प्रादेशिक कार्यालयका प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।

यस घटनासँग सम्बन्धित विषयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रामक र तथ्यहीन सामग्री प्रकाशित भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले यथार्थ विवरण नबुझी प्रसारित गरिएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै सरकारी निकायबाट घटनाको विस्तृत अनुसन्धान भइरहेको र आधिकारिक तथ्यका आधारमा मात्रै सूचना लिन सबैलाई आग्रह गरेको छ ।

घटनाको वास्तविक कारण, संलग्न व्यक्ति तथा चोरीमा प्रयोग भएको तरिकाबारे प्रहरीको अनुसन्धान जारी रहेको जनाइएको छ ।

भिडियाे सामाग्री

 


प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १७:३५
#पेट्रोलियम पदार्थ #जिल्ला प्रहरी कार्यालय मोरङ #नेपाल समाचार #विराटनगर #मोरङ #अनुसन्धान #सुनसरी #भोक्राहा नरसिंह गाउँपालिका #: नेपाल आयल निगम #पेट्रोल ट्याङ्कर #इन्धन चोरी #कञ्चनबारी #पुस्कर कार्की
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
नेप्से २० अंकले घट्यो, कारोबार ३ अर्बमै सीमित
नेप्से २० अंकले घट्यो, कारोबार ३ अर्बमै सीमित सोमबार, असोज १९, २०८३
सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो
सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकद्वारा एक रुपैयाँका ४० करोड सिक्का निष्कासनको तयारी
राष्ट्र बैंकद्वारा एक रुपैयाँका ४० करोड सिक्का निष्कासनको तयारी आइतबार, असोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो आइतबार, असोज १८, २०८३
प्रसारण लाइन शुल्क प्रतियुनिट ५७ पैसा निर्धारण
प्रसारण लाइन शुल्क प्रतियुनिट ५७ पैसा निर्धारण बिहीबार, असोज १५, २०८३
सामान्य अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार
सामान्य अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार बिहीबार, असोज १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो
चाडपर्व नजिकिँदै, वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ्यो वीरगंज सिटी
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु वीरगंज सिटी
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP