वीरगंज महानगरपालिका–९ स्थित बिपिएस एन–२ कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को वार्षिक परीक्षामा ‘ए प्लस’ र ‘ए’ ग्रेड हासिल गरेका २५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेज परिसरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले विद्यार्थीहरूको सफलताले सम्पूर्ण कलेज परिवारलाई गौरवान्वित बनाएको बताए । उनले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षकमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कलेज निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे ।
डाइरेक्टर पटेलले सबै विद्यार्थीलाई आत्मविश्वासका साथ जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रधानाध्यापक प्रभात मेहता तथा शिक्षकहरू दीपेन्द्र कानु, विशेष द्विवेदी, रेश्मा पटेल, सदीक्षा सुवेदी, अङ्गद यादव, आकाश पटेल, दयानन्द बैठा, निर्मल ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।
उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने २५ विद्यार्थीलाई सम्मान