मानव सेवा आश्रमको दोस्रो भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
नवरात्रीको शुभ साइत पारेर लायन्स क्लबको करिब रु. १ करोड ३४ लाखको लागतमा निर्माण हुने दुईतले भवनको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा डा. रामआवतार खेतान, मानव सेवा आश्रमका संरक्षक डा. दीपक शाक्य, र अभिभावक परिवारका संयोजक हरि गौतम लगायतले भूमि पूजा र भवन शिलान्यास गरेका छन् ।
नयाँ भवनले आश्रमको सामाजिक सेवा विस्तारमा थप मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।