वीरगंजमा 'सफल लोकसेवा तयारी केन्द्र' को उदघाटन खानेपानी मन्त्री प्रदिप यादवले गरेका छन् ।
स्थानीय युवाहरूको पहलमा सञ्चालनमा आएको यो केन्द्रले मधेस क्षेत्रमा सरकारी सेवाको तयारी गर्न चाहनेहरूका लागि विशेष अवसर प्रदान गर्ने विश्वास मन्त्री यादवले व्यक्त गरे । कार्यक्रममा उनले केन्द्रले युवाहरूलाई लोकसेवा परीक्षामा सफलता प्राप्त गर्न सशक्त बनाउँदै समाजलाई योग्य, सक्षम र सेवा-समर्पित जनशक्ति प्रदान गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
मधेसका युवाहरूमा सरकारी सेवामा आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै मन्त्री यादवले यस केन्द्रले त्यस दिशामा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । साथै, यस्ता संस्थाहरूको सफल सञ्चालन र युवाहरूको प्रगति नै सरकारको मुख्य लक्ष्य रहेको पनि बताए ।
मन्त्री यादवले सबैलाई यो केन्द्रको सदुपयोग गरी आफ्नो सपना साकार गर्न आह्वान गरे ।