पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ सतोवलका शिवदत्त दास थारूको मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ९ का २१ वर्षिय सिद्धार्थ चौधरी, ८ का २४ वर्षिय विशाल दास थारू, वडा नं. २ का ३० वर्षीय पृतम कुमार महताे रहेका छन् । ना. ५१ प ७४३५ नम्बरको यामाहा एफजेड १५० सि.सि. मोटरसाइकल घर अगाडि पार्किङ गरिराखेको अवस्थामा लक तोडेर चोरी भएको भन्दै शिवदत्त दासले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा निवेदन दिएका थिए ।
दासले दिएको निवेदनका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले साेमबार पर्सा पर्सागढी नगरपालिका वडा नं. ९ कोइलाभारमा २१ वर्षीय सिद्धार्थ चौधरीले चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल फेला पारेको थियाे । सोधपुछपछि चौधरीसहित अन्य दुई जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । उनिहरूकाे बयानकाे क्रममा विभिन्न स्थानमा राखिएकाे ५ थान माेटरसाइकल समेत बरामद भएकाे पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले जनाकारी दिएका छन् ।
पक्राउ परेका तीनै जना अभियुक्तहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।