शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • मनसुनजन्य विपद्को पूर्वतयारीबारे सरकारसँग प्रतिपक्षी दलले माग्यो जवाफ
मनसुनजन्य विपद्को पूर्वतयारीबारे सरकारसँग प्रतिपक्षी दलले माग्यो जवाफ
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, साउन ६, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यव्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावक कांग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त हुन् । कांग्रेसका सचेतक पदमबहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की प्रमुख सचेतक मदनकुमारी शाह (गरिमा) तथा जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद पूजा चौधरीले प्रस्तावको समर्थन गरेका छन् ।

प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा सरकारको पूर्वतयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ ।

प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ ले यस वर्ष देशभर ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ । तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ्दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको भनिएको छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

विगत एक दशकमा बाढी, पहिरो, भारी वर्षा र चट्याङका कारण ३ हजार ७४ जनाले ज्यान गुमाएको र ५०२ जना बेपत्ता भएको प्रस्तावमा छ । ४ हजार ७६९ जना घाइते भएको र ३३ हजार १९८ परिवार प्रभावित भएको तथ्यांक पनि प्रस्तुत गरिएको छ । 

साउन २०८२ देखि असार २०८३ सम्ममा करिब ७ हजार ५ सय विपद्का घटना भएको र ती घटनामा १४० जनाको मृत्यु भएको तथा करिब १९ सय जना घाइते, ३६ जना अझै बेपत्ता र १४ हजार परिवार प्रभावित भएको भनिएको छ । 

प्रस्तावमा सरकारले हरेक वर्ष विपद् आएपछि मात्रै उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिने गरेको भन्दै चिन्ता प्रकट गरिएको छ । 

‘यति ठूलो मानवीय र भौतिक क्षति भोगिसक्दा पनि प्रत्येक वर्ष विपद् आएपछि मात्र उद्धार, राहत र पुनःस्थापनामा सक्रिय हुने पुरानै प्रवृत्ति दोहोरिनु गम्भीर चिन्ताको विषय हो,’ प्रस्तावमा छ, ‘उपलब्ध पूर्वानुमानलाई समयमै कार्यमूलक निर्णयमा रूपान्तरण गर्ने, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अस्थायी आवास अग्रिम रूपमा व्यवस्थापन गर्ने कार्य अझै प्रभावकारी ढंगले गर्न सकिएको छैन ।’

२०८१ साल असोजको बाढी–पहिरोको उदाहरण पनि दिइएको छ । जल तथा मौसम विज्ञान विभागले त्यसबेला ५६ जिल्लाका लागि अग्रिम चेतावनी दिएको तर त्यसअनुसार पूर्वतयारी हुन नसकेको, जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न नसकिएको र ठूलो क्षति बेहोर्नुपरेको उल्लेख छ । 

‘उक्त घटनाले पूर्वानुमान उपलब्ध हुनु मात्र पर्याप्त नभई सूचना प्राप्त भएपछि कुन निकायले, कति समयभित्र र के कदम चाल्ने भन्ने स्पष्ट कार्यप्रणाली आवश्यक छ,’ प्रस्तावमा छ । 

अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, आदिवासी समुदाय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षाबारे पनि प्रश्न उठाइएको छ । उनीहरूको उद्धार, पुनःस्थापना र पहुँचयुक्त पूर्वसूचना प्रणालीबारे सरकारको स्पष्ट योजना सार्वजनिक नभएको प्रस्तावमा उल्लेख छ ।

संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसकेको दाबी पनि गरिएको छ । जिल्ला प्रशासन, सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, स्वास्थ्य संस्था र स्थानीय विपद् व्यवस्थापन समितिबीच एकीकृत कमाण्ड प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ ।

प्रस्तावमा उच्च जोखिम भएका सडक र क्षेत्र पनि औंल्याइएको छ । विपी राजमार्गको काभ्रे–सिन्धुली खण्ड, पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन खण्ड, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड, त्रिभुवन राजपथको नौबिसे–काठमाडौं खण्ड, तराई–मधेशका डुबान प्रभावित क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका विकट पहाडी सडकमा सरकारले कस्तो पूर्वतयारी गरेको छ भन्ने प्रश्न उठाइएको छ ।

ध्यानाकर्षण प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्त रहेको विषय पनि उठाइएको छ ।

प्रस्तावमा भनिएको छ, ‘देश मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको समयमा विपद् व्यवस्थापनको केन्द्रीय निकायलाई स्पष्ट र पूर्णकालीन नेतृत्वविहीन राखिनुले नीति निर्माण, अन्तरनिकाय समन्वय, सूचना प्रवाह तथा प्रतिकार्य क्षमतामाथि गम्भीर प्रश्न उठेको मात्र होइन, विपद्का कारण हुने जनधनको क्षति कम गर्न सरकार संवेदनशील र पूर्वतयारी अवस्थामा नभएको देखाउँछ ।’

सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि के तयारी गरेको छ भन्ने जानकारी संसदलाई दिनुपर्ने माग पनि प्रस्तावमा छ । ध्यानाकर्षण प्रस्तावमार्फत मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को कार्यान्वयन अवस्था सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । उच्च जोखिमयुक्त जिल्ला र बस्तीको तयारीबारे जानकारी दिनुपर्ने माग छ । उद्धार जनशक्ति, उपकरण, राहत सामग्री र राहत कोषको अवस्थाबारे स्पष्ट पार्न आग्रह गरिएको छ ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, प्राधिकरणको नेतृत्व रिक्तताको समाधान, विपद् पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा दुर्गम क्षेत्रका नागरिकसम्म सूचना पुर्‍याउने वैकल्पिक संयन्त्रबारे पनि सरकारले जानकारी दिनुपर्ने माग गरिएको छ ।

यसका साथै विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारीबारे पनि राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ ।

ध्यानाकर्षणका ६ बुँदा

१. मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को हालसम्मको कार्यान्वयन अवस्था, जोखिमयुक्त जिल्ला तथा बस्तीको प्राथमिकिकरण र त्यसको विवरण, उद्धार जनशक्ति र उपकरणको उपलब्धता र तयारी कस्तो अवश्थामा रहेको छ ?

२. स्थानीय तह, प्रदेश र संघ तीनवटै तहबीचको समन्वय एवं कमाण्ड संरचना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्तताको समाधान र प्रभावकारी ब्यबस्थापनका सम्बन्धमा सरकारले के कस्ता उपयाहरू अवलम्बन गरेको छ ?

३. जल तथा मौसम विज्ञान विभाग र नेपाल टेलिकमबीच जोखिमयुक्त क्षेत्रमा रहेका सेवाग्राहीलाई ११५५ सर्टकोडमार्फत बाढी, पहिरो, चट्याङ, हावाहुरीलगायत विपद्को निःशुल्क एसएमएस पूर्वसूचना पठाउने व्यवस्था गरिएको भएता पनि उक्त प्रणालीको कार्यान्वयन, पहुँचयुत्तता, स्थानगत उपलब्धता, समयबद्धता र प्रभावकारिता कस्तो रहेको छ र यसको समाधानका लागि सरकारले हालसम्म के कस्ता कामहरू गरेको छ ?

४. विपद्का बेलामा समयमा नै उद्धार कार्यमा सहयोग पुर्‍याउनका लागि तयारी अवश्थामा रहनुपर्ने विभिन्न संयन्त्र, उद्धार कार्यदल तथा सुरक्षा निकाय र समुदायस्तरका उद्धारकर्मिहरूलाइ अत्यावश्यक उद्धार सामग्रीहरू तयारी अवश्थामा छन वा छैनन ? उद्धारका लागि तत्काल चाहिने आवश्यक बजेट तथा राहत कोषको अवश्था के कस्तो रहेको छ ?

५. मोबाइल सञ्जाल कमजोर भएका दुर्गम क्षेत्र, फोन नभएका नागरिक, मातृ र स्थानीय भाषा मात्र प्रयोग गर्ने समुदाय, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिसम्म समयमा नै पहुँचयुक्त ढाँचामा सूचना पुर्‍याउन सरकारले कस्ता वैकल्पिक ब्यवश्था र संयन्त्रहरूको प्रबन्ध गरेको छ ?

६. विपद पश्चात उद्दार, राहत तथा पुनःस्थापनाको तयारी, जोखिम र संवेदनशील क्षेत्र र समुदायको तत्काल सुरक्षाका लागि आवश्यक पूर्वतयारी र समन्वय ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १३:२२
#गृहमन्त्री #सरकार #पहिरो #मनसुन #राष्ट्रिय सभा #बाढी #डुबान #नेपाल राजनीति #उद्धार #राहत #पुनःस्थापना #प्राकृतिक विपद् #विपद् व्यवस्थापन #प्रतिपक्षी दल #मनसुनजन्य विपद् #चट्याङ #विपद् पूर्वतयारी #विपद् जोखिम #राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण #हिमताल विस्फोट #ध्यानाकर्षण प्रस्ताव #पूर्वसूचना प्रणाली #राष्ट्रिय सभा समाचार #मनसुन पूर्वतयारी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी आइतबार, कात्तिक ८, २०८३
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने शनिबार, कात्तिक ७, २०८३
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त शनिबार, कात्तिक ७, २०८३
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह शनिबार, कात्तिक ७, २०८३
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी वीरगंज सिटी
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट)
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट) वीरगंज सिटी
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ वीरगंज सिटी
भोलिदेखि शुरु हुने एनपीएलको  तेस्रो संस्करणको सबै  तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
भोलिदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको सबै तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP