शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्पदंशबाट ८ वर्षीय बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकियो शव
सर्पदंशबाट ८ वर्षीय बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकियो शव
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन ७, २०८३
A1 Beakery Add A1 Beakery Add

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक ८ वर्षीय बालकको मृत्यु भएको छ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले अस्पतालबाट शवसमेत बुझ्न नसकेको जनाएको छ ।

स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरलाई बुधबार साँझ घरनजिकै रहेको आँपको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पदंशपछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बर्दिबास नगरपालिका–१२ की वडा सदस्य रुपोदेवी सदाका अनुसार सर्पदंशपछि बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। बालककी आमा अमृतदेवी कापरले घरमै आँप टिप्ने क्रममा सर्पले टोकेपछि तत्काल अस्पताल पुर्‍याइए पनि छोराको ज्यान बचाउन नसकिएको बताइन् ।

परिवारका अनुसार उपचारका क्रममा करिब ७० हजार रुपैयाँ खर्च भएको छ। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उक्त रकम तिर्न नसक्दा परिवारले मृतक बालकको शवसमेत अस्पतालबाट बुझ्न नसकेको जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिइएको जानकारी दिँदै अस्पताल बिरामी र उनका परिवारको अवस्थाप्रति संवेदनशील रहेको बताए ।

घटनापछि मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलगायतको टोली अस्पताल पुगेको थियो ।

स्थानीयवासीले विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उपचार खर्च व्यवस्थापनमा सहयोग गर्न तथा आर्थिक अभावका कारण पीडित परिवारले थप सास्ती भोग्न नपर्ने व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन् ।

घटनापछि अस्पताल पुगेका युवा नेता पिताम्बर महतोले गरिबीका कारण उपचार खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोक्नुपर्ने अवस्था अत्यन्त दुःखद भएको टिप्पणी गरे । उनले यस्ता घटनामा विपन्न परिवारलाई तत्काल राहत तथा उपचार सहायता उपलब्ध गराउने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गरे ।

भिडियाे सामाग्री

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १५:०१
#मधेश प्रदेश #बर्दिबास #महोत्तरी #सर्पदंश #उपचार खर्च #बर्दिबास नगरपालिका #विपन्न परिवार #बिजलपुरा #चल्की #विवेक कापर #चन्दन कापर #अमृतदेवी कापर #बर्दिबास जनसेवा अस्पताल #सुमन भुजेल #शारदा थापा #प्रह्लादकुमार क्षेत्री #पिताम्बर महतो
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स नपिउन स्वास्थ्य मन्त्रालयको आग्रह
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स नपिउन स्वास्थ्य मन्त्रालयको आग्रह बिहीबार, कात्तिक १२, २०८३
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन बुधबार, कात्तिक ११, २०८३
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग मंगलबार, कात्तिक १०, २०८३
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता आइतबार, कात्तिक ८, २०८३
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ? आइतबार, कात्तिक ८, २०८३
सानो पिपरामा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान
सानो पिपरामा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान शनिबार, कात्तिक ७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP