सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् ।
केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरिएको छ ।
केसीले केही दिनयता सामाजिक सञ्जालमार्फत राधिका दासीमाथि व्यक्तिगतस्तरमा गम्भीर आरोप लगाउँदै आएकी थिइन् । आफूविरुद्ध बिना प्रमाण आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको भन्दै दासीले उजुरी दिएपछि प्रहरीले केसीलाई पक्राउ गरेको जनाइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।