मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २७ बस्ने ४० वर्षीय 'भुअर' भन्ने रफिक मियाँ अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा साउन ८ गते बिहान ११:५० बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. २, सानोठिमीबाट अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, अन्सारीविरुद्ध परेको मुद्रा सम्बन्धी कसूर मुद्दा (मुद्दा नं. ०८०-C1-११४९) मा पर्सा जिल्ला अदालतले २०८२ साउन २८ गते फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।