धनुषाको धनौजी गाउँपालिका २ मा विद्यालय बसले एक बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। ज्ञान ज्योति बोर्डिङ स्कूलको बसले ठक्कर दिएको घटनामा ११ वर्षीय आरोही मण्डलको ज्यान गएको हो। बालिकालाई ठक्कर दिएपछि आक्रोशित भीडले बसमा आगजनी गरेका छन्।
घटना पछि स्थानीय बासिन्दाहरूले गाडी जलाउँदै विरोध प्रदर्शन गरेका छन्। यतिबेला स्थानीय प्रशासनले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ।