प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पछिल्लो समय उत्पन्न परिस्थिति र समसामयिक सुरक्षा विषयमा छलफल गर्न बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सुनसरीलगायत देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाक्रम, मुलुकको सुरक्षा अवस्था तथा सुरक्षा चुनौतीबारे विश्लेषणसहित छलफल हुने बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की, प्रधान सेनापति अशोकराज सिग्देल तथा रक्षा सचिव सहभागी छन् ।
राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको समग्र सुरक्षा अवस्था, सम्भावित जोखिम तथा आवश्यक रणनीतिबारे सरकारलाई सुझाव दिने संवैधानिक व्यवस्था रहेको छ ।