पर्सा प्रहरीले जिल्लाका विभिन्न स्थानमा लुकेर बसेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालत पर्साबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय तोकिएका प्रतिवादी हुन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र जालसाजीसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् ।
अदालतले उनीहरूलाई एक वर्ष कैद सजाय सुनाएको थियो । सुरक्षाको कारण देखाउँदै प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।