ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न रौतहटमा ग्यास डिलर तथा विक्रेताका पसलमा आकस्मिक रूपमा अनुगमन गरिएको छ ।
सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासोपेटिका प्रयोगविहीन जस्तै बनेका छन् ।
सुनसरीको देवानगञ्जमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारसँग गरिएको सातबुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका छन् ।
सरकारी कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी गुनासा, सुझाव तथा प्रतिक्रिया संकलन गर्न राखिएका गुनासोपेटिका बाराका अधिकांश सरकारी कार्यालयमा प्रयोगविहीन बन्दै गएका छन् ।
बाराको सिमरास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनसँगै करदाताको संख्या पनि उल्लेख्य रूपमा बढाएको छ ।
नेपालमा रासायनिक मलको अभाव भएपछि भारतबाट युरिया मल ल्याउने क्रममा पक्राउ परेका सर्लाहीका दुई किसान ३८ दिनपछि भारतीय प्रहरीको हिरासतबाट मुक्त भएका छन् ।
डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८१/८२ मा उत्पादन गरेका विभिन्न प्रजातिका ५ हजार बिरुवा छिमेकी जिल्ला रौतहट र पर्सामा निःशुल्क उपलब्ध गराएको छ ।
पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालमा मनसुन शुरू भएसँगै सर्पदंशका घटना हरेक वर्ष दोहोरिने प्राकृतिक तथा जनस्वास्थ्य समस्याका रूपमा देखिने गरेका छन् ।