टप टेन मधेश
१)
दुई छोरीको आमा बनेकै कारण बुहारीलाई यातना दिँदै जबर्जस्ती विष सेवन गराई हत्या गरेको आरोपमा सप्तरीमा एक व्यक्ति पाँच वर्षपछि पक्राउ परेका छन् ।
२०
बाराको कोल्हबी नगरपालिका–५ सखुहवा क्षेत्रबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ र पाँचवटा साइकल बरामद गरेको छ ।
३०
मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैयाँभन्दा बढी खर्च गरेर जम्मा ६ वटा कानुन बनाउन सफल भएको छ । त्यसमध्ये ३ वटा बजेटसँग सम्बन्धित छन् भने बाँकी ३ वटा अन्य रहेका छन् ।
४०
लामो समयदेखि प्रदूषणको चपेटामा परेको श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि सरकारले एक महिनाअघि ठोस कारबाही अघि बढाउने घोषणा गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
५०
वर्षा शुरू भएसँगै स्थानीय उत्पादन घट्दा पर्साका बजारमा हरिया तरकारीको मूल्य बढेको छ ।
६०
मधेस प्रदेशको सुदूरपश्चिममा अवस्थित पर्साको ठोरी प्राकृतिक सौन्दर्य, जैविक विविधता र भौगोलिक विशिष्टताका कारण पछिल्लो समय पर्यापर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
७०
वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगंज चिनी कारखाना लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस प्रक्रिया अघि बढाएको छ ।
८०
नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
९०
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल टेलिकमको वीरगंजस्थित घण्टाघर छेउमा रहेको दूरसञ्चार कार्यालयको भवन भत्काएको छ।
१००
पर्सामा अवैध लागूऔषध गाँजाको कारोबार नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाए पनि भरिया मात्र पक्राउ पर्ने र मुख्य कारोबारी तथा नाइकेसम्म प्रहरी पुग्न नसक्दा गाँजा कारोबार मौलाउँदै गएको छ ।