काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच संसद्को अधिवेशन आह्वानका सम्बन्धमा परामर्श भएको छ । आज प्रधानमन्त्री निवासमा भएको छलफलमा संसद्को अधिवेशन र संसद्को ‘विजनेस’बारे कुराकानी भएको जनाइएको छ ।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।