प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्युयोर्क जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको असोज ६ देखि १० गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरेको मन्त्रिपरिषद्का प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका जाने तयारी थियो। तर रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन तथा त्यसबाट नेपालले भोगिरहेको क्षतिका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी हुने निर्णय भएको हो।
प्रधानमन्त्री शाहले महासभाका क्रममा जलवायु परिवर्तन, विपद्का कारण नेपालले व्यहोर्नुपरेको क्षति तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।