नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल एक साताका लागि चीन भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । त्यसक्रममा उनले चिनियाँ उच्चपदस्थ अधिकारीसँग भेटवार्ता तथा विभिन्न उच्चस्तरीय छलफलमा समेत सहभागिता जनाउने स्रोतले जनाएको छ । चीन भ्रमणका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध, सहकार्य तथा आपसी हितका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधान सेनापति सिग्देल भ्रमण सम्पन्न गरी असोज ३ गते नेपाल फर्किने बताइएको छ ।