शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • विश्व शक्तिसन्तुलनमा ब्रिक्स २०२६ को प्रभाव र सन्देश
विश्व शक्तिसन्तुलनमा ब्रिक्स २०२६ को प्रभाव र सन्देश
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, भदौ २९, २०८३
A1 Beakery Add A1 Beakery Add

इरान र युक्रेन युद्धका विषयमा सदस्य राष्ट्रहरूबिच मतभेद भए तापनि भारतीय राजधानी नयाँ दिल्लीमा आयोजित दुई दिने ब्रिक्स सम्मेलनको पहिलो दिन नेताहरूले सर्वसम्मतिले संयुक्त घोषणापत्र पारित गरेका छन्।

शनिबार पारित गरिएको “नयाँ दिल्ली घोषणापत्र” ले मध्यपूर्वमा संयम अपनाउन आह्वान गरेको छ। यद्यपि, अमेरिका(इजरायली आक्रमण वा इरानले खाडी देशहरूलाई लक्षित गरेको विषयमा भने यसले कुनै निन्दा गरेको छैन। साथै, अमेरिकाको नाम नलिईकनै विश्वव्यापी व्यापार युद्धको आलोचना गरिएको छ।

इरानमाथि अमेरिका(इजरायल युद्ध, ट्रम्पको भन्सार युद्ध र अमेरिकाले आफ्नो विदेश नीति प्रवर्द्धन गर्न गरेका एकतर्फी निर्णयका कारण विश्वव्यापी उथलपुथल भइरहेको समयमा नयाँ दिल्लीमा आयोजित ११ सदस्यीय समूहको यस भेलामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी थिए।

नयाँ दिल्लीबाट रिपोर्टिङ गर्दै अल जजीराकी उम्मे कुलसुम शरिफले यो समूह व्यापक अमेरिकी भन्सारको मुद्दामा समेत कुनै पनि देशको नाम तोक्नबाट ‘टाढै रहेको” बताइन्। “भारत, रुस, चीन वा अन्य कुनै ब्रिक्स राष्ट्रलाई लक्षित गरिएको भए तापनि उनीहरू यसबाट जोगिएका छन्,” उनले रिपोर्ट गरिन्।
‘उनीहरूले एकतर्फी भन्सार दरको निन्दा गर्दै यो अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा हुने बताए तापनि अमेरिकाको नाम भने लिएका छैनन्। त्यसैले भारत र अन्य देशहरूले अन्य राष्ट्रहरूसँगको आफ्नो द्विपक्षीय व्यापार सम्बन्धलाई पनि ध्यानमा राख्नुपरेको थियो।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स एउटा ‘परिपक्व’ अवस्थामा पुगेको बताउँदै ग्लोबल साउथ ९विकासशील राष्ट्रहरू० लाई अरूले बनाएको नियम मान्ने मात्र नभई ‘नियम(निर्माता’ बन्न आह्वान गरे।

सम्मेलनको घोषणापत्रका मुख्य निष्कर्षहरू यसप्रकार छन् :

ब्रिक्स के हो ?
मुख्यतया आर्थिक मञ्चको रूपमा ब्राजिल, रुस, भारत र चीनद्वारा सन् २००६ मा ब्रिक्सको स्थापना भएको हो। चार वर्षपछि दक्षिण अफ्रिका यस समूहमा सामेल भयो। त्यसयता यसको विस्तार हुँदै इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र इन्डोनेसिया पनि यसमा आबद्ध भएका छन्।

ब्रिक्स राष्ट्रहरूले विश्वको झण्डै आधा जनसङ्ख्या समेट्छन् भने विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग ४० प्रतिशत हिस्सा ओगट्छन्।

यस समूहले परम्परागत रूपमा पश्चिमी शक्तिहरूको वर्चस्व रहेका संस्थाहरूमा विकासशील अर्थतन्त्रहरूको ठुलो प्रभाव खोज्दै आएको छ। साथै, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व व्यापार सङ्गठन (डब्लूटीओ) जस्ता निकायहरूमा सुधारको लागि दबाब दिँदै आएको छ।

भारतको धारणा राख्दै मोदीले यस समूहलाई पश्चिमा विरोधी परियोजनाको रूपमा मात्र व्याख्या गर्न नहुने कुरामा जोड दिए।

ग्लोबल साउथले विश्वव्यापी सुशासनलाई आकार दिन ठुलो भूमिका खेल्नुपर्ने तर्क गर्दै उनले भने, “ब्रिक्स कसैको विरुद्धमा छैन।”

इरानमाथि अमेरिका–इजरायल युद्ध
यो युद्ध विस्तारित ब्रिक्स साझा अडानमा पुग्न सक्छ वा सक्दैन भन्ने सबैभन्दा ठुलो परीक्षणमध्ये एक थियो।

नेताहरूले मध्यपूर्वमा “निरन्तर बढ्दो तनावप्रति गहिरो चिन्ता” व्यक्त गर्दै “अधिकतम संयम” का लागि आह्वान गरे। साथै, स्थिति थप बिग्रने खालका कार्यहरू नगर्न सम्बन्धित देशहरूलाई आग्रह गरे। यसले अमेरिका, इजरायल, इरान वा खाडी राष्ट्रहरूको स्पष्ट रूपमा उल्लेख गरेको छैन।

चीनका राष्ट्रपति सीले एक विज्ञप्तिमार्फत यो युद्ध “अन्तर्राष्ट्रिय समुदायको साझा हितमा नभएको” बताउँदै राजनीतिक समाधान र स्थायी तथा व्यापक युद्धविरामको आह्वान गरे।

मे महिनामा युद्धका विषयमा देखिएको मतभेदका कारण ब्रिक्सका विदेशमन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन सकेका थिएनन्। इरान ब्रिक्सको सदस्य हो, त्यसैगरी युएई पनि यसको सदस्य हो जसले द्वन्द्वका क्रममा इरानी आक्रमणको सामना गरेको थियो।

भारतकी पूर्व विदेश सचिव निरुपमा मेनन रावले “इरान र यूएईबिचको तीव्र मतभेद” का बावजुद घोषणापत्र सुरक्षित गर्नु नयाँ दिल्लीको “महत्त्वपूर्ण कूटनीतिक सफलता” भएको बताइन्।

उनले एक्समा लेखेकी छन्, “सहमति त कायम गरियो, तर सावधानीपूर्वक सामान्यीकृत भाषाको माध्यमबाट मात्र। यसमा ब्रिक्सको महत्त्व र यसको सीमितता दुवै उजागर भएको छ ः यसले कठिन कुराकानीलाई जीवन्त राख्न र व्यापक सिद्धान्तहरूलाई पुष्टि गर्न सक्छ, तर सदस्यहरूको स्वार्थ बाझिएको बेला जिम्मेवारी तोक्न वा सामूहिक कार्य व्यवस्थित गर्न भने सङ्घर्ष गर्छ।”

घोषणापत्रले नागरिक पूर्वाधार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सुरक्षा मापदण्ड अन्तर्गत रहेका शान्तिपूर्ण आणविक केन्द्रहरूमाथिको जानाजानी आक्रमणप्रति पनि चिन्ता व्यक्त गरेको छ। यस प्रकारको भाषालाई इरानी आणविक केन्द्रहरूमा अमेरिकी र इजरायली आक्रमणको अप्रत्यक्ष आलोचनाको रूपमा हेर्न सकिन्छ।

सन् २०२५ को १२ दिने युद्धका क्रममा अमेरिकाले इरानका नतान्ज, इस्फाहान र फोर्डोस्थित तीन मुख्य आणविक केन्द्रहरूमा बमबारी गरेको थियो।

इन्टरनेशनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्थीले भूराजनीतिक उथलपुथल र बाझिएका रणनीतिक स्वार्थका कारण ब्रिक्स सम्मेलनप्रतिको अपेक्षा न्यून रहेको बताए।

उनले भने, “यस गैर(पश्चिमी समूहको सफलतामा लगानी गर्ने सदस्यहरू यस सामान्य उपलब्धिबाट पनि सन्तुष्ट नै हुनेछन्।”

डोन्थीले थपे, भारतले सबै सदस्यहरूसँगको आफ्नो बलियो सम्बन्धको प्रयोग गर्दै चलिरहेको द्वन्द्वको विपरीत पक्षमा रहेका युएई र इरानलाई मनाउने सबैभन्दा ठुलो अवरोध पार गरेर घोषणापत्र जारी गर्न पर्दा पछाडिबाट काम गरेको थियो।

रुस–युक्रेन युद्ध
युक्रेन युद्ध ब्रिक्सभित्रको तनावको अर्को कारण बनेको छ, विशेषगरी रुस यस समूहको संस्थापक सदस्य भएकाले।

घोषणापत्रले युक्रेनको नाम उल्लेख नगरी अन्तर्राष्ट्रिय विवादहरूलाई “संवाद, परामर्श र कूटनीति” मार्फत समाधान गर्न सामान्य आह्वान गरेको छ।

यद्यपि, ब्रिक्स नेताहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट अधिकार प्राप्त नभएका एकतर्फी प्रतिबन्धहरूको आलोचना गरेका छन्।

वक्तव्यमा भनिएको छ, “हामी अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त र उद्देश्यहरूलाई कमजोर पार्ने यस्ता गैरकानुनी उपायहरू हटाउन आह्वान गर्दछौं।”

सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेयता व्यापक पश्चिमी प्रतिबन्धको सामना गरिरहेको रुसका लागि यो अडान महत्त्वपूर्ण छ। अर्कोतर्फ इरानमाथि अमेरिका–इजरायल युद्ध सुरु भएदेखि विश्वव्यापी तेल आपूर्तिमा अवरोध आएको बेला भारतले रुसबाट तेल आयात गर्दै मस्कोसँगको घनिष्ठ सम्बन्ध कायम राखेको छ।

राज्य समाचार एजेन्सी टासका अनुसार, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सी र मोदीले युक्रेनमा शान्ति वार्ताका लागि आफ्नो सहयोग प्रस्ताव गरेको र पुटिनले उनीहरूको तत्परतालाई स्वागत गरेको बताएका छन्।

गत वर्ष ट्रम्पले रुसी कच्चा तेल खरिद गरेको जरिवाना स्वरूप भारतीय वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएका थिए। त्यसयता भारतले रुसी कच्चा तेलको आयात घटाएको छ।

प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन
प्यालेस्टाइनको विषयमा ब्रिक्सले धेरै स्पष्ट भाषा अपनाएको छ।

घोषणापत्रले प्यालेस्टिनीहरूको जबर्जस्ती विस्थापन र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रको भूगोल वा जनसाङ्ख्यिकी परिवर्तन गर्ने प्रयासको ‘कडा विरोध’ व्यक्त गरेको छ।

यसले गाजामा इजरायलको नरसंहारकारी युद्धको अन्त्य, निर्बाध मानवीय पहुँच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लूए) लाई समर्थन र प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसङ्घको पूर्ण सदस्यताको लागि आह्वान गरेको छ।

यस समूहले दुई÷राज्य समाधान र सन् १९६७ को सिमानामा आधारित रही कब्जा गरिएको पूर्वी जेरुसेलमलाई राजधानी बनाएर एक सार्वभौमसत्ता सम्पन्न प्यालेस्टिनी राज्य स्थापना गर्ने कुरामा आफ्नो समर्थन दोहोर्‍याएको छ।

अमेरिकी भन्सार नीति
घोषणापत्रले व्यापारलाई विकृत पार्ने ‘एकतर्फी भन्सार र गैर(भन्सार उपायहरू’ प्रति चिन्ता व्यक्त गर्नुका साथै संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिकारविना लगाइएका प्रतिबन्धहरूको विरोध गरेको छ।

वासिङ्टनले चीन, रुस र भारत लगायतका धेरै ब्रिक्स राष्ट्रहरूमा भन्सार महसुल लगाएको छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस समूहलाई ‘अमेरिकाविरोधी” भनी वर्णन गर्दै यस समूहसँग मिल्ने देशहरू विरुद्ध थप भन्सार महसुल लगाउने धम्की दिएका थिए।

सम्मेलनमा बोल्दै पुटिनले “औपनिवेशिक श्रेणीमा सोच्ने बानी परेका” देशहरूले उदीयमान प्रतिस्पर्धीहरूलाई नियन्त्रण गर्न भन्सार महसुल, प्रतिबन्ध र “पाशविक बल” को प्रयोग गरेको आरोप लगाए।

साथै, युद्धका कारण अन्तर्राष्ट्रिय वाणिज्यमा बाधा उत्पन्न भइरहेको समयमा यस समूहले विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला, ऊर्जा प्रवाह र सामुद्रिक सुरक्षाको रक्षा गर्न सहयोगका लागि आह्वान गरेको छ।

बहुध्रुवीय विश्व

ब्रिक्सले बहुध्रुवीय विश्वले उदीयमान बजार र विकासशील देशहरू (ईएमडीसी) का लागि ‘रचनात्मक सम्भावनाको विकास गर्न र विश्वव्यापी रूपमा लाभदायक, समावेशी, दिगो र समतामूलक आर्थिक भूमण्डलीकरण र सहयोगको आनन्द लिन” अवसरहरू विस्तार गर्न सक्ने कुरा औंल्याउँदै “बहुपक्षीयता र बहुध्रुवीयतालाई सुदृढ गर्ने आफ्नो प्रतिबद्धता” दोहोर्‍याएको छ।

पुटिनले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको थप प्रतिनिधित्वको लागि आह्वान गर्दै बहुध्रुवीय विश्वतर्फको उन्मुखतालाई स्थापित शक्तिहरूले प्रतिरोध गरिरहेको तर्क गरे।

सीले ब्रिक्स राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यवस्थालाई थप “समानता र न्याय’ तर्फ डोहोर्‍याउन मद्दत गर्नुपर्ने बताए भने मोदीले ग्लोबल साउथलाई नियम मान्नेबाट ‘नियम–निर्माता” बन्न आह्वान गरे।

सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भने, “हामीले विशेषाधिकारको यो पिरामिडलाई साझेदारीको मञ्चमा रूपान्तरण गर्नुपर्छ।”

यद्यपि भारतले ब्रिक्सलाई पश्चिमाहरूको सामना गर्न मात्र अस्तित्वमा रहेको भन्ने विचारबाट टाढा राख्न खोजेको छ। “हामी कसैको विरुद्धमा छैनौं, बरु हामी सबैलाई सँगै लिएर हिँड्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास गर्छौं,” उनले दाबी गरे।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:५१
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
शेख हसिनाको गृहनगरमा सुरक्षा सतर्कता, १० प्लाटुन बिजिबी परिचालन
शेख हसिनाको गृहनगरमा सुरक्षा सतर्कता, १० प्लाटुन बिजिबी परिचालन मंगलबार, मंसिर १, २०८३
आसियान र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मनिला जाँदै
आसियान र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी मनिला जाँदै सोमबार, कात्तिक ३०, २०८३
स्पेसएक्सको स्टारशिप रकेट परीक्षणमा बुस्टर समात्ने प्रयास अन्तिम समयमा रद्द, चन्द्र अभियानमा पनि प्रभाव पर्न सक्ने
स्पेसएक्सको स्टारशिप रकेट परीक्षणमा बुस्टर समात्ने प्रयास अन्तिम समयमा रद्द, चन्द्र अभियानमा पनि प्रभाव पर्न सक्ने सोमबार, कात्तिक ३०, २०८३
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी
खाडी राष्ट्रहरूको दबाबपछि इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको संकेत, होर्मुजमा अमेरिकी नाकाबन्दी भने जारी मंगलबार, कात्तिक २४, २०८३
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित)
ममता काफ्ले हत्या प्रकरणमा नयाँ खुलासा: पत्नीको शव आराले काटेर व्यवस्थापन गरेकाे नरेश भट्टको स्वीकारोक्ति, अमेरिकी अदालतमा तनाव, ममताकी आमा रुँदै बाहिरिइन् ( भिडियो रिपोर्ट सहित) आइतबार, कात्तिक २२, २०८३
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारतमा पनि जोखिम बुधबार, कात्तिक १८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित)
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP