राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व सहभागी हुने जनाइएको छ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने भएको छ । पछिल्लो समय भएका प्राकृतिक विपद्बाट उत्पन्न संकट, राहत तथा व्यवस्थापनका विषयमा राजनीतिक तहबाट समन्वय गर्नेबारे पनि छलफल हुने बताइएको छ ।
रास्वपाका अनुसार शीर्ष राजनीतिक नेतृत्वबीच छलफल गरी विपद् व्यवस्थापनमा साझा पहल र समन्वयको सम्भावनाबारे बैठकमार्फत धारणा तय गर्ने उद्देश्य रहेको छ । यसअघि पनि विपद् व्यवस्थापन तथा राहतका विषयमा राजनीतिक दलहरूबीच छलफल भइसकेको छ। आजको बैठक उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा केन्द्रित रहने जनाइएको छ ।