नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागमार्फत राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउन थालेको हो ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको साविककै आकार, रङ र डिजाइन कायम गरिएको छ। नयाँ नोटको सङ्केत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको छ ।
नोटको अग्रभागको मध्य भागमा नेपाल सरकारको जमानत प्राप्त भुक्तानीसम्बन्धी प्रतिज्ञात्मक वाक्यांश राखिएको छ। बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। पानी छापको तल ‘NRB’ अंकित गरिएको छ ।
नोटको तल्लो भागमा वि.सं. २०८२ को सिरिज तथा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटमा १.२ मिलिमिटर चौडाइको सुरक्षण धागो राखिएको छ। प्रकाशतर्फ फर्काएर हेर्दा उक्त सुरक्षण धागोमा सम्बन्धित सुरक्षा संकेत स्पष्ट रूपमा देखिने राष्ट्र बैंकले जनाएको छ।
नोटको पृष्ठभागको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको छ। पृष्ठभागको तल्लो भागमा अंग्रेजीमा “RUPEES FIFTY” तथा “2025 A.D.” उल्लेख गरिएको छ।
राष्ट्र बैंकले नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएसँगै सर्वसा