आम जनता पार्टीका नेता मोहम्मद इस्तखारले पार्टीको सम्पूर्ण जिम्मेवारी तथा पार्टी सदस्यताबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।
असोज ३ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै इस्तखारले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीमा रहँदा पार्टी, संगठन तथा जनताको हितमा आफ्नो क्षमता र विश्वासअनुसार इमानदारीपूर्वक योगदान गर्ने प्रयास गरेको उनले उल्लेख गरेका छन् । पार्टी अध्यक्ष, सम्पूर्ण नेतृत्व, सहकर्मी तथा पार्टी परिवारबाट प्राप्त साथ, सहयोग, माया र विश्वासप्रति उनले आभार व्यक्त गरेका छन्।
पार्टी परित्यागको निर्णय कुनै व्यक्ति विशेषप्रतिको असन्तुष्टि वा वैमनस्यताका कारण नभई आफ्नो व्यक्तिगत राजनीतिक यात्रा, आगामी सोच र परिस्थितिको गम्भीर समीक्षा गरेर लिएको उनले स्पष्ट पारेका छन् ।
आगामी दिनमा पार्टीको पद वा जिम्मेवारीमा नरहे पनि जनताका समस्या, विकास, सुशासन, पारदर्शिता तथा सामाजिक हितका विषयमा आफ्नो आवाज र सहयोग निरन्तर रहने प्रतिबद्धता इस्तखारले व्यक्त गरेका छन् ।
भिडियाे रिपाेर्ट