शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरधाममा मिथिला चित्रकला ओझेलमा, संरक्षणका लागि बनाइएका चित्र ठेलाले छोपिए
जनकपुरधाममा मिथिला चित्रकला ओझेलमा, संरक्षणका लागि बनाइएका चित्र ठेलाले छोपिए
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक १७, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम । मिथिला चित्रकलाको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन भइरहे पनि जनकपुरधाममै यसको संरक्षणप्रति सरोकारवाला निकायले बेवास्ता गरेको देखिएको छ । जनकपुरधामस्थित अंगराजसर पोखरी अगाडि जानकी प्रहरी चौकीसँगैको पर्खालमा बनाइएका मिथिला चित्रकलाहरू ठेलाले छोपिँदा ओझेलमा परेका छन् ।

मिथिलाको मौलिक कला, संस्कृति र पहिचान झल्काउने गरी पर्खालमा बनाइएका चित्रहरूमा लोकजीवन, प्रकृति, धार्मिक आस्था तथा सांस्कृतिक परम्परा समेटिएका छन्। तर, लामो समयदेखि ती चित्रकलाको अगाडि ठेला राखिँदा चित्रहरूको सौन्दर्य छोपिनुका साथै सार्वजनिक स्थलसमेत अव्यवस्थित बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिका तथा मधेस प्रदेश सरकारले विभिन्न सार्वजनिक स्थलका पर्खालमा करोडौँ रुपैयाँ खर्च गरेर मिथिला चित्रकला बनाएका थिए । तर, उचित संरक्षण र व्यवस्थापनको अभावमा कतिपय चित्र उखेलिन थालेका छन् भने कतिपय ठेला तथा अन्य संरचनाले छोपिएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वरिष्ठ मिथिला चित्रकार विजयदत्त मणिका अनुसार मिथिला चित्रकला जनकपुरधामको सांस्कृतिक पहिचान र पर्यटकीय आकर्षणको महत्त्वपूर्ण हिस्सा हो । यही पहिचानलाई जीवन्त राख्न सार्वजनिक स्थलका पर्खालमा स्थानीय कला र संस्कृति झल्किने चित्र बनाइए पनि तिनको संरक्षण, सरसफाइ र व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

त्यस्तै, अर्की चित्रकार सुनैना ठाकुरले मिथिला चित्रकलाको अन्तर्राष्ट्रियस्तरमा पहिचान विस्तार गर्ने प्रयास भइरहेका बेला आफ्नै सहरमा बनाइएका चित्रकलाको अगाडि ठेला राखेर सौन्दर्य ओझेलमा पारिनु विडम्बनापूर्ण भएको बताइन् ।

उनका अनुसार ठेला व्यवसायीहरूको जीविकोपार्जनमा असर नपर्ने गरी वैकल्पिक व्यवस्थापन गर्न आवश्यक छ । तर, सार्वजनिक स्थल, पैदलयात्रीको आवागमन र सहरको सांस्कृतिक सौन्दर्यलाई ध्यानमा राख्दै ठेलाको उचित व्यवस्थापन तथा मिथिला चित्रकलाको संरक्षणमा सम्बन्धित निकायले पहल गर्नुपर्छ ।

स्थानीय सुशील कर्णका अनुसार मिथिला चित्रकला पर्खाल सजाउने माध्यम मात्र नभई मिथिलाको इतिहास, संस्कृति र पहिचानको जीवन्त अभिव्यक्ति हो । त्यसैले यसको संरक्षण भाषण र नारामा मात्र सीमित नभई व्यवहारमै देखिन आवश्यक छ ।

मिथिला चित्रकलाको संरक्षण र प्रवर्द्धनका नाममा करोडौँ रुपैयाँ खर्च गरिए पनि आफ्नै सहरमा रहेका चित्रकलाको अवस्था उपेक्षित हुनु सम्बन्धित निकायका लागि गम्भीर प्रश्न बनेको छ । जनकपुरधामको सांस्कृतिक पहिचान जोगाउन चित्रकलाको नियमित मर्मतसम्भार, सरसफाइ र ठेलाको व्यवस्थित व्यवस्थापनमा उपमहानगरपालिका तथा प्रदेश सरकारले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  २०:००
#मधेस प्रदेश #जनकपुरधाम उपमहानगरपालिका #जनकपुरधाम #पर्यटन प्रवर्द्धन #सम्पदा संरक्षण #सांस्कृतिक पहिचान #मिथिला चित्रकला #मिथिला कला #कला संस्कृति #चित्रकला संरक्षण #अंगराजसर पोखरी #विजयदत्त मणि #सुनैना ठाकुर #ठेला व्यवस्थापन #सार्वजनिक स्थल व्यवस्थापन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
बाँदर धपाउँदा चल्यो भरुवा बन्दुक, छर्रा लागेर एक जना घाइते
बाँदर धपाउँदा चल्यो भरुवा बन्दुक, छर्रा लागेर एक जना घाइते मंगलबार, कात्तिक १७, २०८३
मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद, रौतहटमा पालिकाको सेवा प्रभावित
मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद, रौतहटमा पालिकाको सेवा प्रभावित मंगलबार, कात्तिक १७, २०८३
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ मंगलबार, कात्तिक १७, २०८३
पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम
पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम मंगलबार, कात्तिक १७, २०८३
मधेशमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित, सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम
मधेशमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित, सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम मंगलबार, कात्तिक १७, २०८३
बुद्ध एयरको जहाजको टायर पञ्चर हुँदा राजविराजबाट काठमाडौँ जाने यात्रु घण्टौँदेखि अलपत्र, विदेश जानेदेखि परीक्षार्थीसम्म प्रभावित
बुद्ध एयरको जहाजको टायर पञ्चर हुँदा राजविराजबाट काठमाडौँ जाने यात्रु घण्टौँदेखि अलपत्र, विदेश जानेदेखि परीक्षार्थीसम्म प्रभावित सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही वीरगंज सिटी
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र
छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र वीरगंज सिटी
पर्साका प्रहरी सहायक हवल्दार शिवशंकर यादव बने असोज महिनाको उत्कृष्ट प्रहरी
पर्साका प्रहरी सहायक हवल्दार शिवशंकर यादव बने असोज महिनाको उत्कृष्ट प्रहरी वीरगंज सिटी
पर्सामा पेस्तोल, गोली र छुरासहित दुई भारतीय नागरिक पक्राउ
पर्सामा पेस्तोल, गोली र छुरासहित दुई भारतीय नागरिक पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
खेलकुद
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित वीरगंज सिटी
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले दियो १७५ रनको लक्ष्य
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले दियो १७५ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP