जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कर्णले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।
उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनसँगै सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख कर्णले संविधानले सुनिश्चित गरेका अधिकार र व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकमा लोकतान्त्रिक मूल्य, विधिको शासन र समावेशी विकासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।