नेपाली तेक्वान्दो खेलाडी एरिका गुरुङ २०औँ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन्। जापानको नागोयास्थित तोयोहासी जिम्नाजियममा आइतबार भएको खेलमा एरिका कजाखस्तानकी सोफिया ब्रुल्टसेभासँग २–१ अंकले पराजित भएकी हुन् ।
६८ केजीभन्दा माथिको तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा एरिकाले खेलको अधिकांश समय १–० को अग्रता कायम राखेकी थिइन्। खेल सकिन १८ सेकेन्ड बाँकी रहँदासम्म पनि एरिका अग्रतामै थिइन् ।
तर अन्तिम समयमा सोफियाले खेलमा पुनरागमन गर्दै अंक जोडिन्। खेल सकिन २ सेकेन्ड बाँकी रहँदा सोफियाले निर्णायक दोस्रो अंक हासिल गर्दै २–१ को जित निकालिन् ।
सेमिफाइनलमा पराजित भए पनि एरिकाको पदकको सम्भावना भने कायम छ। उनले अब कास्य पदकका लागि रिपिचेजमा प्रतिस्पर्धा गर्नेछिन् ।
सोफियाले यसअघि क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेकी थिइन् ।