काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ थियो ।
आइतबार चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ थियो ।