शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशका ८ वटै जिल्लामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
मधेशका ८ वटै जिल्लामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ९, २०८३
A1 Beakery Add A1 Beakery Add

भारी वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ। आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको उनले बताए ।

जोखिम तथा अति जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। सम्भावित बाढी, डुबान तथा अन्य विपद्का बेला तत्काल उद्धारमा खटिन सक्ने गरी जनशक्ति र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको छ ।

राजमार्गमा निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निगरानी बढाउन समेत निर्देशन दिइएको छ। प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई पनि उद्धार तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सुरक्षा निकायलाई उच्च सतर्कतासहित परिचालन हुन निर्देशन दिएको छ। बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय कायम गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरण र उद्धार कार्यलाई चुस्त बनाउन जोड दिएको छ ।

यी क्षेत्र बढी जोखिममा

मधेश प्रदेशका सबै जिल्लामा बाढी तथा डुबानको जोखिम रहे पनि नदी तथा खोलाको बहाव, भौगोलिक अवस्था र विगतका घटनाका आधारमा केही क्षेत्र बढी संवेदनशील मानिन्छन्। 

रौतहटमा बागमती र लालबकैया नदीको बाढीका कारण गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुने जोखिम रहन्छ ।

धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला र विदेह नगरपालिकाका विभिन्न क्षेत्र जोखिममा पर्न सक्छन्। जनकपुरधाममा भने नदीजन्य बाढीभन्दा सहरी क्षेत्रमा पर्याप्त ढल तथा निकासको अभावका कारण वर्षातमा डुबानको समस्या दोहोरिने गरेको छ ।

सिरहामा कमला, बलान तथा स्थानीय खहरे खोलामा पानीको बहाव बढ्दा सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुन सक्ने जोखिम छ ।

सप्तरीमा सप्तकोशीसँगै खाँडो, महुली, जिता र बलान खोलाको बहाव बढ्दा हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता तथा राजविराज आसपासका बस्तीमा डुबानको जोखिम रहने गरेको छ।

सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीको बहाव बढ्दा बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र प्रभावित हुन सक्छन् ।

महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीको कटान तथा बाढीका कारण जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्र संवेदनशील मानिन्छन् ।

बारा र पर्सामा चुरे क्षेत्रबाट बग्ने खोलामा अचानक आउने बाढी र कटान प्रमुख जोखिमका रूपमा रहेका छन्। बारामा पसाहा, दुधौरा, बालगंगा र तिलावे नदीमा आउने आकस्मिक बाढीले कलैया तथा जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्रसँगै परवानीपुर र देवतालका केही क्षेत्रमा असर पार्न सक्छ ।

पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण जगरनाथपुर, धोबिनी, वीरगञ्ज महानगरपालिका र पोखरिया क्षेत्र जोखिममा पर्न सक्ने प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर निगरानी र सुरक्षा व्यवस्था कडा पारिएको छ। बाढी तथा डुबानपछि मात्रै उद्धारमा जुट्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र तत्काल प्रतिकार्य क्षमता सुनिश्चित गरिएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सर्दै गएको छ।

उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा समेत परेको जनाउँदै कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै प्रशासन तथा सुरक्षा निकायले नदी तथा खोलाको बहाव, तटीय बस्ती, राजमार्ग र अन्य जोखिमयुक्त संरचनामा विशेष निगरानी बढाएका छन्।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १२:१९
#मधेश प्रदेश #बाढी #डुबान #नेपाल प्रहरी #सशस्त्र प्रहरी #भारी वर्षा #नेपाली सेना #मौसम पूर्वानुमान #विपद् व्यवस्थापन #विपद् प्रतिकार्य #मधेश प्रहरी #उद्धार टोली #उच्च सतर्कता #जनधनको क्षति #राहत टोली #जोखिमयुक्त क्षेत्र
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेशमा वन तथा वातावरणका योजना कार्यान्वयन गर्न नयाँ कार्यविधि लागू
मधेशमा वन तथा वातावरणका योजना कार्यान्वयन गर्न नयाँ कार्यविधि लागू शुक्रबार, असोज ९, २०८३
 भारी वर्षा र बाढीको जोखिम बढेपछि सतर्क रहन मधेस सरकारको आग्रह
 भारी वर्षा र बाढीको जोखिम बढेपछि सतर्क रहन मधेस सरकारको आग्रह शुक्रबार, असोज ९, २०८३
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh शुक्रबार, असोज ९, २०८३
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ बिहीबार, असोज ८, २०८३
भारी वर्षाको सम्भावनासँगै मधेशमा सुरक्षा सतर्कता, यी क्षेत्र उच्च जोखिममा
भारी वर्षाको सम्भावनासँगै मधेशमा सुरक्षा सतर्कता, यी क्षेत्र उच्च जोखिममा बिहीबार, असोज ८, २०८३
जनकपुरमा जताततै फोहर, धार्मिक सहरको सौन्दर्यमा असर
जनकपुरमा जताततै फोहर, धार्मिक सहरको सौन्दर्यमा असर बिहीबार, असोज ८, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो वीरगंज सिटी
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन वीरगंज सिटी
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP