महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटनाग्रस्त भएको हो । ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कार्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी, परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतकमध्ये एकजनाको नाम खुल्न नसके पनि उनी सप्तरीकै भएको बुझिएको छ ।
उनीहरू स्कार्पियोमा सवार थिए । सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । उनीहरूलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।