काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि भोटेकोसी विपद्लाई ध्यानमा राख्दै हाललाई मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट असोज १४ गतेदेखि प्राप्त हुने मूल्यमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टितेल १५ रुपैयाँ ९६ पैसा महँगिएर आएको छ । हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेको निगमले जनाएको छ ।
तर निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर यथावत् राखेको छ । डिजेल र मट्टितेलको मूल्य पनि यथावत् छ भने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने जनाएको छ ।