ओमानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।
घोषित टोलीमा ओपनर ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामीलाई समावेश गरिएको छैन। यस्तै, नन्दन यादवले एकदिवसीय टोलीमा पुनरागमन गरेका छन् । साहब आलम र शेर मल्लले पनि टोलीमा स्थान बनाएका छन् ।
विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने सिरिज असोज २१ अर्थात् अक्टोबर ७ देखि सुरु हुनेछ ।