दुर्गा पूजा सेवा समिति, रानीघाटले शनिबार आफ्नो २७औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिको आयोजनामा भएको कार्यक्रममा ४ महिलासहित ५२ जना रक्तवीरले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ता सहभागी हुनुभएको थियो । कार्यक्रममा समितिका सल्लाहकार गोपालप्रसाद रौनियार, राजु गुप्ता, नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दीनानाथ रौनियार तथा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोजक समितिका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा रक्तदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो । नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको दुर्गा पूजा सेवा समितिले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न यस्ता सामाजिक अभियानले सहयोग पुर्याउने जनाएको छ ।
रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजक समितिले धन्यवाद तथा आभार व्यक्त गरेको छ । समितिले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलगायतका मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।
४ महिलासहित ५२ जना रक्तदाताले गरेको रक्तदानले बिरामीको उपचार तथा आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)