शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको अवसरमा आज वीरगंजस्थित टाउन हलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा १०४ जना पुरुष र २ जना महिलासहित कुल १०६ जनाले रक्तदान गरेका छन्।
रेडक्रस पर्साका सभापति वृजकिशोर पटेलको प्रमुख आतिथ्य तथा शिवजी प्रसाद साह कलवारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा शर्मानन्द कुशवाहाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रगति थापा र उज्ज्वल शर्माले पहिलो रक्तदान गरेका थिए। सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।